थाइल्याण्डको गुफामा फसेका बाँकी ५ जनाको उद्धार कार्य जारी

थाइल्याण्डको गुफामा फसेका बाँकी ५ जनाको उद्धार कार्य जारी

  • मङ्लबार, असार २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी, असार २६ ।
थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका ५ बालकको उद्धार कार्य जारी राखिएको छ । उक्त गुफामा १३ जना फसेकोमा गत आइतबार र सोमबार गरी ४÷४ जनाको उद्धार गरिसकिएको छ ।

बाँकी ५ जनाको पनि उद्धारकार्य जारी राखिएको छ । अब गुफा भित्र गुफाभित्र चार बालक र एक जना फुटबल प्रशिक्षक मात्र बाँकी छन् ।

गत जुन २३ देखि त्यहाँ अलपत्र परेका १२ बालक र तिनका फुटबल प्रशिक्षकलाई बाहिर ल्याउन आइतबारबाट चुनौतीपूर्ण र जटिल उद्धार अभियान थालिएको थियो ।

दुई दिनमा गरेर आठ जनाको उद्धार गरिसकेको थाइल्यान्डको जलसेनाले पुष्टि गरेको छ । आइतबार उद्दार गरिएकाहरुको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

तर पछिल्लो पटक उद्धार गरिएकाहरुलाई भने सामान्य चिसो लागेको अधिकारीहरुले जनाएका छन् । उद्धार गरिएकाहरुलाई हेलिकोप्टरमार्फत् चियाङराई सहरस्थित अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारीहरुले उद्धार गरिएकाहरुको परिचय गोप्य राखेका छन् । उद्धार गरिएका विद्यार्थीसँग उनीहरुका परिवारका सदस्यलाई समेत भेट गर्न दिइएको छैन ।

उद्धार टोलीमा थाइल्यान्डका ४० जनासहित विभिन्न देशका ९० जना सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ