प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन गर्न गठित समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउदै

प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन गर्न गठित समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउदै

  • मङ्लबार, असार २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

हेटौडा, असार २६ ।
प्रदेश ३ को राजधानीबारे सम्भाव्यता अध्ययन गर्न गठित विशेष समितिले आज सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाउदैछ ।

२ महिनाको अवधिमा गरेको स्थलगत अध्ययन, प्रश्नावलीको आधारमा समितिले तयार गरेको प्रतिवेदन सभामुख श्रेष्ठलाई बुझाउन लागिएको समिति सभापति दिपक निरौलाले जानकारी दिनुभयो ।

भौगोलिक अवस्था, पुर्वाधार, बाटोको पहुँच, केन्द्रविन्दु लगायतका मापदण्डका आधारमा अंक दिएर प्राथमिकता क्रम तोकिएको छ । समितिका एक सदस्यका अनुसार, प्राथमिकताक्रम अनुसार अध्ययन गरिएका ५ जिल्ला सिफारिस हुदैछन् ।

यसअघि समितिले जेठ २८ देखि ३० गतेसम्म चितवन, काभ्रे, भक्तपुर, नुवाकोट र हेटौंडाको स्थलगत अध्ययन गरेको थियो । काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको बस्तुगत स्थिति झल्कने गरी पठाएको १ सय २३ प्रश्नसहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो ।

निर्णय गर्ने कार्य्विधीबारे भने सभामुखले तोक्ने सभापति निरौलाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ