अबदेखि राजदूत हुन अंग्रेजी जान्नैपर्ने, न्यूनतम शैक्षिक योग्यता स्नातक

अबदेखि राजदूत हुन अंग्रेजी जान्नैपर्ने, न्यूनतम शैक्षिक योग्यता स्नातक

  • सोमवार, असार २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

२५ असार, काठमाडौं । सरकारले यसअघिकाे प्रावधान खारेज गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी निर्देशिका पारित गरेको छ ।

उक्त निर्देशिका अनुसार मुलुकको प्रतिनिधित्व गर्दै राजदूत हुन कम्तिमा स्नातक गरेको र अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ । यसअघि परराष्ट्र मन्त्रालयका सह-सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट नियुक्ति पाउनेको शैक्षिक योग्यता अनिवार्य थिएन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले पारित गरेको निर्देशिकामा राजदूत हुने व्यक्तिको शैक्षिक योग्यता, आचरण लगायतका मापदण्ड तोकिएको बताउनु भयाे ।

यस्तै अबदेखि राजदूत हुने व्यक्तिले जुन देशको राजदूत बनाइने हो, त्यहाँका बारेमा न्यूनतम जानकारी राख्ने र विज्ञता हासिल भएको तथा सो देशसँग निजी स्वार्थ गाँसिएको हुन नहुने निर्देशिकामा उल्लेख छ ।

विगतमा जुन देशमा म्यानपावर एजेन्सी चलाएको व्यक्ति हो, उसैलाई त्यहाँको राजदूत बनाएर पठाउने कामसमेत भएको थियो । अब त्यस्तो स्वार्थसँग जोडिएको व्यक्ति त्यस देशमा राजदूत बन्न नपाउने भएको छ ।

राजदूत नियुक्ति गर्दा सामान्यतः ५० प्रतिशत परराष्ट्रका कर्मचरीबाट र ५० प्रतिशत बाहिरबाट पठाइने मापदण्ड तय भएको छ ।

सरकारले पारित गरेको निर्देशिकामा राजदूत हुने व्यक्तिको पृष्ठभूमि र ट्रयाक रेकर्ड पनि हेरिने र कुनै पनि मुलुक वा नियोगको राजदुत खाली हुनुभन्दा तीन महिनाअघिबाटै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइने प्रावधान छ ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार ३ महिनाअघि नै सम्बद्ध मुलुकमा राजदुत बनाउने व्यक्तिको सूची तयार गरी प्रक्रिया अघि बढाउने प्रावधानका कारण अब त्यहाँ राजदूत खाली हुने अवस्था आउने छैन ।

हाल संयुक्त राष्ट्रसंघसहित चार नियोगमा राजदूतहरु खाली छन् । भारत, मलेसिया र संयुक्त अरब इमिरेट्समा समेत राजदूतहरु खाली छन् ।

राजदूतहरु खाली रहेका ठाउँमा अब नयाँ मापदण्डअनुसार चाँडै राजदूत नियुक्ति प्रक्रियाअघि बढ्ने मन्त्री ज्ञवालीले बताउनु भयाे ।

अब परराष्ट्र मन्त्रालयले राजदूतका लागि उपयुक्त व्यक्तिहरुको सूची बनाएर मन्त्रिपरिषदमा पेश गर्ने र मन्त्रिपरिषदले राजदूत छनोट गर्ने उहाँले बताउनु भयाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ