संसदमा सांसदहरुकाे प्रश्न- ‘तपाईँ विप्लवको प्रबक्ता की गृहमन्त्री ?’

संसदमा सांसदहरुकाे प्रश्न- ‘तपाईँ विप्लवको प्रबक्ता की गृहमन्त्री ?’

  • सोमवार, असार २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

२५ असार, काठमाडौं । गृहमन्त्रीलाई सांसदहरुले विप्लवको प्रवक्ता भनेपछि हंगामा भएको छ । राष्ट्रियता र सीमा सुरक्षासम्बन्धी संसदलाई जानकारी दिने क्रममा गृहमन्त्रीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राष्ट्रियताको पक्षमा राम्रो एजेण्डा ल्याएको भनेपछि उपस्थित सांसदहरुले बबाल मच्चाएका छन् ।

केही दिनपहिले प्रदेश नम्बर ७ का आन्तरिक सुरक्षा मामिला मन्त्री (प्रदेश गृहमन्त्री) प्रकाशबहादुर शाहले प्रदेशको सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्ने क्रममा प्रदेश सरकार सीमा सुरक्षामा कमजोर भएको स्वीकार्दै यही अवस्था रहेमा विप्लव नेतृत्वको नेकपालाई फाइदा हुने बताएका थिए ।

प्रदेशको सुरक्षा अवस्थाबारे संसदमा बोल्दै मन्त्री शाहले सुरक्षा व्यवस्था कडा पार्नु पर्ने बताएका थिए । बैठकमा सहभागी एक सांसदका अनुसार मन्त्री शाहले नेकपाले राष्ट्रियता र जनजिवीकाबारे गरेको निर्णयलाई बुँदागत रुपमा संसदमा वाचन गरेका थिए । उपस्थित सत्तारुढ र प्रतिपक्ष सांसदहरुले शाहलाई विप्लवको प्रवक्ता भएको आरोप लगाए । ‘तपाईँ विप्लवको प्रबक्ता की गृहमन्त्री ?’ सांसदहरुले प्रश्न गरेका थिए । संसदमा केहीछिन बबाल मच्चिएको थियो । सांसदहरुले मन्त्री शाहको भनाई संसदको रेकर्डबाट हटाउन माग गरे । सांसदहरुको चर्को विरोधपछि मन्त्री शाहको उक्त धारणा रेकर्डबाट हटाइएको थियो ।

एसएसबीले वर्षदिनमा पटकपटक हतियारसहित नेपाल कैलाली, कञ्चनपुर छिरेर नेपालीमाथि गोली प्रहार र अपरहण गरेको भन्दै कडा विरोध गर्दै आइरहेको छ । सांसदहरुले भारतसँगको सीमाना जोडिएको सीमा क्षेत्रबाट नेपालतिर आएर अपराध गर्ने र छिमेकी भारत पस्ने गरिएकोले सामाजिक सुरक्षा भरपर्दो नभएको भन्दै सुरक्षा मामिलामन्त्री शाहको धारणा माग गरेका थिए । सीमानामा नेपाली सुरक्षा कमजोर भएको फाइदा उठाउँदै भारतीय सीमा सुरक्षा बल (एसएसबी) हतियारसहित नेपाल छिर्ने र अपहरण, बल प्रयोग जस्ता हर्कत गरेर अन्तर्राष्ट्रिय मान्यताको उल्लंघनका घटना निरन्तर भइरहेको भन्दै सांसदहरुले चिन्ताा व्यक्त गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र भ्रमणमा आउँदा भारतीय स्पेशल सुरक्षा फोर्सले नेपालीभूमिमा परेडक खेलेर राष्ट्रियता र सार्वभौममाथि नांगो हस्तक्षेप गरेको भन्दै नेकपाले विरोध गरेको थियो ।

  • फाइल फोटो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ