श्रीलालबिरूद्वको मुद्दा उच्च अदालतद्वारा खारेज

श्रीलालबिरूद्वको मुद्दा उच्च अदालतद्वारा खारेज

  • सोमवार, असार २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

बीरगंज, २५ अषाढ ।
विन्दवासिनी गाँउपालिकाको प्रमुख श्रीलाल साह कानुमाथि उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजमा परेको पुनःगणनाको मुद्दा इजलास नं. ५ ले आज खारेज गरेको छ । नेपाली काँगे्रसका उम्मेदवार चन्द्रकिशोर प्रसाद चौरसियाले गएको निर्वाचन अधिकृतको मिलोमतो र धाधिली भएको आरोप लगाउदै रिट दायर गरेका थिए । कुनै प्रमाण फेला नपरेकोले लेखनाथ घिमिरेको एकल इजलासले सो मुद्दा खारेज गरेको हो । विपक्षका वकिल देवेन्द्र सिंह र कानु पक्षका वकिल सुधिर कर्ण र विरेन्द्र यादवको बहसले सो मुद्दामाथि उच्च अदालतले सो फैसला सुनाएको छ ।
असोज ५ गते संघीय समाजवादी फोरम नेपालका उम्मेदवार निर्वाचित श्रीलाल साह कानु घोषणा भएपछि असोज २० गते नै नेपाली काँग्रेसका चन्द्रकिशोर प्रसाद चौरसियाले कानुमाथि पुनः गणनाको रिट दायर गरेका थिए । विगत ९ महिनादेखि मुद्दा चल्दै आएको र गाउँपालिका प्रमुख कानुले बाधा अवरोध पार गर्दै आज पुनः जीतको खुशी मनाएका थिए ।
आजदेखि बिन्दवासिनी गाँउपालिकाको विकासका कार्यहरु तीव्ररुपले अगाढी बढने श्रीलाल साह कानुले अब विना रोकटोकको कार्य अगाढी बढने प्रष्टयानु भयो । साथै दोहोरो मार खेपि रहेका सर्वसाधारणले अब चाहि सहज रुपमा लाभ पाउनेछन् ।
उच्च अदालत अगाडी श्रीलाल साह कानुको समर्थकले फुलमाला लगाई दोहोरो जीतका खुसी एक आपसमा साटासाट गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ