नेकपा नेता राई सहित ४ जना चार महिनापछि रिहा, सातौ पटकसम्म यसरी चल्यौ गिरफ्तारी र रिहाको श्रृङखला

नेकपा नेता राई सहित ४ जना चार महिनापछि रिहा, सातौ पटकसम्म यसरी चल्यौ गिरफ्तारी र रिहाको श्रृङखला

  • आइतवार, असार २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

काठमाडौँ, २४ असार । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज किरण राईसहित ४ जना नेताहरु रिहा भएका छन् । गत चैत ५ गते धनकुटाबाट गिरफ्तार केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम र सेक्रेटरी नवराज भट्टराई चार महिनापछि इलामबाट रिहा भएका हुन् ।इलाम जिल्ला प्रशासनले आज अपरान्ह रिहा गरेको हो ।

अदालतले पटकपटक रिहा गर्न अादेश दिएपनि एक जिल्लाबाट अर्को जिल्लामा लिँदै मुद्दा लगाउँदै प्रहरीले हिरासतमा राखेको थियf] । सरकारले अादालतको अादेशको उलंघन गरेर कानुनी राज्यलाई चुनौती दिएको भन्दै अधिकारवादीहरुले रिहाईको माग गर्दै अाएका थिए । ‘

उनीहरुलाई केही दिनसम्म बेपत्ता पारेको भन्दै राष्ट‍्रिय मानव अधिकार अायोगले विज्ञप्ति निकालेर रिहा गर्न माग गरेको थियो । गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरि चैत २९ गते धनकुटा जिल्ला प्रशासनले सामान्य धरौटिमा छोडे लगत्तै उनीहरुलाई पुन उदरपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो । त्यसपछि गत २७ वैशाख मा उदयपुर जिल्ला अदालतले रिहा गरेपछि पुन गिरफ्तार गरि मोरङ्ग लगियो भने जेठ आठ गते उच्च अदालत विराटनगरले रिहा र्यो । तर पुन सोहि दिन अदालत परिसरबाटै गिरफ्तार गरि सुनसरी लगियो ।

सुनसरीबाट पनि जेठ १५ गते फेरी रिहा गर्यो । पुन तत्कालै गिरफ्तार गरि झापा पुर्याइयो । भने फेरी असार ८ गते झापाबाट रिहा गरि सोहि दिन ईलाम पुर्याईएको थियो ।
गिरफ्तार गर्ने र छाड्ने प्रक्रिया आजबाट भने अन्त्य गर्दै प्रहरीले रिहा गरेको हो ।
केपी ओली नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथिको धरपकड बढाएको हो ।

याे पनि पढ्नुहाेस् ।

नेकपा नेता राई सहित ४ जना पुनः गिरफ्तार, छैठौ पटक पक्राउ गरि ईलाम पुर्याइयाे, अहिलेसम्म कुन कुन जिल्ला लगियो ?

अदालतको आदेश मान्दैन प्रहरी, नेकपा नेता राई सहित चार जना पुनः रिहा लगत्तै पाचौं पटक अदालत परिसरबाटै गिरफ्तार

अदालतले छाडेलगत्तै राई सहितका नेकपा नेताहरु पुनः गिरफ्तार, विराटनगरमा पक्राउ गरि सुनसरी पुर्याइयो

नेकपाका नेतालाई अदालत छाड्ने प्रहरी पक्रनेः रिहापछि राई सहित ५ जना अदालतबाटै राति नै गिरफ्तार

रिहा लगत्तै पुनः पक्राउ गर्न खोजेपछि नेकपा नेता राई सहित ५ जना अदालत भित्रै, प्रहरी बाहिर तैनाथः दुई जनालाई संखुवासभा लगिदै

नेकपाका नेता राई सहित ७ जना रिहा भएलगत्तै पुनः गिरफ्तार, उदयपुर लगिदैँ: वैशाख ४ गते पूर्वी कमाण्ड बन्द

नेकपाका केन्द्रिय सदस्य किरण राई सहित काेसी ब्युरोका सात नेतालाई प्रहरीले गर्यो गिरफ्तार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ