काठमाडौं । नाङसाल क्लब नेपालको चौथो अधिवेशनन बाट मिक्साङ वाइबा तामाङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएकाे छ ।
राजधानीको ठमेलस्थित अतिथि सत्कार रेस्टुरेन्टमा शनिवार सम्पन्न अधिवेशनले क्लबको उपाधयक्षमा डुप्साङ तामाङ, रत्नकुमार दोङ, महासचिवमा राम बि लामा लग्र्याङ, सचिवमा मिथिला स्याङ्तनलाई चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अथिति कानुन मन्त्री शेरवहादुर तामाङले तामाङ भाषा र सँस्कृति उत्थानका लागि सबै एकजुट भइ अघि बढ्न आवश्यक रहेको बताए । सरकार सबै जातिको भाषा धर्म र सँस्कृति संरक्षणका लागि प्रतिवद्ध रहेको भन्दै उनले तामाङ समुदायको अधिकार र पहिचान स्थपित गर्नका लागि कानुन निर्माण तथा सबै प्रक्रियामा आफू निरन्तर लागि पर्ने प्रतिवद्धता समेत जनाए ।
यस्तै घेदुङका कोषाध्यक्ष योन्जनले तीन नम्बर प्रदेशको नाम नेवाःतामसालीङ राख्ने कुरामा लगभग सहमति भएको बताए । त्यसका लागि आफूहरु निरन्तर सम्बादमा रहेको योन्जनको जानकारी दिए ।