गुल्मी, २३ असार । गुल्मीको मालिका गाउँपालिका ४ अर्खबाङ्गमा तीन वटा सकेट बम र एउटा बन्दुक फेला परेको छ ।
अर्खबाङ्गका दुई फरक स्थानमा बम र बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग कुमार द्धिवेदीले धरातललाई जानकारी दिए ।
खानेपानीको पाइप गाड्ने क्रममा स्थानीय बामदेव अर्यालको खरेनमा कम्व्याड कपडाले बेरेको अवस्थामा तीन थान सकेट बम फेला परेको द्धवेदीले बताए । बम फेला परेको १० मिटर तल ओडारमा हर्नेट बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले बम फेला परेपछि अस्थायी प्रहरीपोष्ट अर्खबाङ्गलाई खबर गरेका थिए । सोहि अर्खबाङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद खनालको नेतृत्वमा गएको प्रहरीको टोलीले नजिकै खोजतलास गर्दा बन्दुक पनि फेला पारेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline