नेकपाद्वारा असार २५ गते कर्णाली बन्दको घोषणा, आज बिरोध प्रदर्शन र भोली मसाल जुलुस  

नेकपाद्वारा असार २५ गते कर्णाली बन्दको घोषणा, आज बिरोध प्रदर्शन र भोली मसाल जुलुस  

  • शनिबार, असार २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

२३ असार, सुर्खेत ।

नेपाल कम्युनिस्ट पार्टीले कर्णाली बन्दको घोषण गरेको छ । शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर नेता–कार्यकर्ता गिरफ्तार गरेको विरोधमा यही असार २५ गते कर्णाली बन्दको घोषणा गरेको हो ।

पार्टीका कर्णाली ब्यूरो इन्चार्ज एटम बिसीले विज्ञप्ति जारी गरेर शुक्रबार मुगुको गमगढीमा सामाना साँस्कृतिक परिवारको शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै बन्दको घोषणा गरेका छन् । पार्टीको ‘एकीकृत जनजागरण अभियान’ को सिलसिलमा आयोजना गरिएको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै बिसीले आपत्ति पनि जनाएका छन् ।

शान्तिपूर्ण कार्यत्रम गर्न समेत नदिएर सरकारले फासिवादी हरकत गरेको भन्दै त्यसको विरुद्ध बन्दको आह्वा नगरेको इन्चार्ज बिसीले बताएका छन् । साँस्कृतिक कार्यक्रम चलिरहेको बेला प्रहरीले हवाई फायर गर्नुको साथै अश्रुग्याँस प्रहार गरेको बिसीले बताए । प्रहरीले पार्टीका मुगु इन्चार्जसहित आधा दर्जन नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

नेकपाको कर्णाली ब्यूरो घोषणा गरेको कार्यक्रमअनुसार शनिबार विरोध प्रदर्शन, आइतबार मशाल जुलुस र २५ गते कर्णालीका पाँच जिल्ला बन्दको गरिनेछ ।

जसअन्तर्गत आज कर्णाली क्षेत्रभर बिरोध प्रदर्शन र भोली असार २४ गते कर्णालीका सबै जिल्लामा मसाल जुलुस प्रदर्शन गर्ने र असार २५ गते सोमबार कर्णाली बन्द गर्ने रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ