पहिराको उच्च जोखिममा जाजरकोट

पहिराको उच्च जोखिममा जाजरकोट

  • शनिबार, असार २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

जाजरकोट, २३ असार ।

भेरी नगरपालिका–३ र ४ मा पर्ने खलंगा बजारका न्यूरोड, शान्तिचौतारा, सिमलगैरी, थाप्ले र याला पहिराको उच्च जोखिममा छन् ।

शान्तिचौतारादेखि थाप्लेसम्मका सडक किनारामा रहेका तीन दर्जन घर जोखिममा परेका हुन् । उक्त स्थानमा सवारी आवागमनमा रोक लगाइएको छ ।

मापदण्डअनुसार सडक निर्माण तथा ढल निकासको व्यवस्थापन नहुँदा बजारभित्र ठूलो पहिरो जानाका साथै दर्जन स्थानमा सडक भासिएको छ ।

तत्काल पहिरो रोकथाम र ढल निकासको व्यवस्था नगरे बस्ती नै बग्ने खतरा रहेको स्थानीयवासी बताउछन् ।

भिरालो भूबनोटको खलंगामा अव्यवस्थित सडक निर्माणले जोखिम बढाएको स्थानीयवासीको गुनासो छ ।

रुपैडिहादेखि तेन्जे भेरी करिडोरको बाइपासका रूपमा रहेको शान्तिचौतारा–कालेगाउँ सडक स्तरोन्नतिका क्रममा ग्याभिन र नाली निर्माणलगायत काम गुणःतरीय नभएको उनीहरूको भनाइ छ ।

सडक निर्माणका क्रममा न्यूरोड सबैभन्दा बढी जोखिममा परेको छ । सडक डिभिजन कार्यालय चौरजहारीले खलंगा–रिम्ना सडक ःतरोन्नतिका लागि गतिलो डिजाइन नबनाउँदा र गुणस्तरीय निर्माणमा ध्यान नदिँदा ठाउँठाउँमा पहिराको जोखिम बढेको भेरी नगरपालिका–३ का वडाध्यक्ष लीलाबहादुर शाहले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ