संयुक्त टोलीद्वारा ७ स्थानकाे स्थलगत अध्ययन, नेपाली भूमि डुब्नुमा भारत दोषी रहेकाे ठहर 

संयुक्त टोलीद्वारा ७ स्थानकाे स्थलगत अध्ययन, नेपाली भूमि डुब्नुमा भारत दोषी रहेकाे ठहर 

  • शुक्रबार, असार २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

२२ असार, काठमाडौं । नेपाल तथा भारतको सीमा क्षेत्रका विभिन्न गाउँहरु डुबानमा पर्नुमा भारत दोषी देखिएको नेपाल र भारतको संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिले जनाएकाे छ ।

दुई देशका संयुक्त समितिले हालै मात्र ७ स्थानमा गरेकाे स्थलगत अध्ययनका क्रममा  कहि भारतीय पक्षले अवैज्ञानिक तटबन्ध बनाएको र कहि तटबन्ध नबनाएका कारण नेपाली भूमि डुबेको पाइएको जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका उपमहानिर्देशक प्रदिप थापाले बताउनु भयाे ।

७ वटै स्थानमा भारतीय पक्षको कमजोरी देखिएको भन्दै उहाँले विभिन्न स्थानमा देखिएको समस्या समाधान गर्न भारतीय पक्ष सहमत भएको बताउनु भयाे ।

सप्तरीको खाँडो नदीमा भारतीय पक्षले तटबन्ध नबनाएका कारण नेपाली भूमि डुवानमा परेको छ । यस्तै सिराहाको मैनावत्ती र गगन नदीको पानी जमेका कारण नेपालको लगनगोठ डुबानमा पर्ने गरेको छ । भने खुरौना पुल भत्केको र कल्भर्ट सानो बनेका कारण पानी बगेर जान नपाउदा नेपाली भूभाग डुबानमा पर्ने गरेको समितिको ठहर छ ।

त्यसैगरी कमला ब्यारेजमा नेपाल तिरको सबै तटबन्ध निर्माण भएको तर, भारतीयले भने तटबन्ध निर्माण नगरेको देखिएको छ । पानी बगेर जाने स्थानमा ग्रेभयार्ड रहेको र बालुवा जमेको छ, जसले पानी बग्न दिएको छैन । बग्न नपाएको पानी ‘ब्याक’ भएपछि नेपालतर्फ तिलाची गाउँ डुबानमा पर्ने गरेको छ ।

महोत्तरीको रातु नदीमा भारतीय पक्षले बनाएको तटबन्ध अवैज्ञानिक भएको पाइएको छ । सर्लाहीको बकरी बारामा भारतको मुडाहा नदीको पानी नेपालतर्फ आउने गरेकोले दुई स्थानमा पानी पास गर्ने होलहरु खोल्न भारतीय पक्ष सहमत भएको छ ।

त्यसैगरी रौतहटको लालबकैयामा नेपालतर्फ तटबन्ध निर्माण भएको छ तर, भारतीय पक्षले तटबन्ध निर्माण नगर्दा गुहावटी गाउँ पुरै डुबानमा पर्ने गरेको छ । यही ठाउँमा बन्जरा गाउँ बचाउन भन्दै भारतले अवैज्ञानिक तटबन्ध बनाएको छ, जसले नेपालतर्फका भूभागमा पानी जम्मा हुने गरेको पाइएको छ ।

रिङबन हरेक वर्ष जसो डुबानमा पर्ने गरेको छ । यसको कारण बागमती नदीमा नेपालले तटबन्ध बनाएको तर, भारतीय पक्षले नबनाउनु भएको समितिको ठहर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ