२२ असार, काठमाडौं ।पछिल्लो चार वर्षमा ३८ क्वीन्टल सुन तस्करीको आरोपमा चुडामणि उप्रेती गोरे समूहमाथि मुद्दा चलिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित दुई जना पक्राउ गरेका छन् ।
बिहीबार मलद्वारमा लुकाएर ल्याएकाे एक किलो ८६० ग्राम सुन बरामद भएको हो । तस्करीमा भारतीय नागरिक प्रयोग भएका छन् ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी कमल जीटीका अनुसार उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका हुन् । केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिलले ८-८ वटा सुनका टुक्रा मलद्वारबाट भित्र हालेका थिए ।
शंकास्पद व्यवहार देखेपछि सोधपुछ गर्ने क्रममा उनीहरुले सुन लुकाएर ल्याएको स्वीकार गरेका थिए । चिकित्सकको सहयोगमा सुन निकालिएको छ ।
उनीहरुबाट बरामद भएको सुनको शुक्रबारको बजार मूल्य ९२ लाख ३६ हजार ८८४ रुपैयाँ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline