पाकिस्तानका पुर्वप्रधानमन्त्री शरिफलाई दश बर्ष जेल सजायः ७२ करोड़ जरिवाना, छाेरीलार्इ पनि ७ साल कैद

पाकिस्तानका पुर्वप्रधानमन्त्री शरिफलाई दश बर्ष जेल सजायः ७२ करोड़ जरिवाना, छाेरीलार्इ पनि ७ साल कैद

  • शुक्रबार, असार २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

इस्लामावाद, २२ असार ।

पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ ।
भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो ।
यही जुलाई २५ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् ।
उहाँलाई दश बर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ ।
श्रीमतीको उपचारका लागि पुर्वप्रधानमन्त्री शरिफ अहिले बेलायतको लण्डनमा हुनुहुन्छ । उहाँकी श्रीमती क्यान्सर रोगबाट पिडित हुनुहुन्छ ।
नेता शरिफ गत बर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त हुनुभएको थियो ।
भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नु पर्ने भएकाले उहाँ प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उहाँको बहिर्गमन भएको थियो । उहाँलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिवन्ध लगाइएको छ ।
उहाँमाथि लागेको आरोपको शरिफ र उहाँका समर्थकहरुले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दावी गर्दै आएका छन् ।
लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देशबाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप शरिफमाथि थियो ।
पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् । धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पूरा हुनुपूर्व नै सेना वा अदालतको हस्तक्षेपमा बाहिरिनुपरेको पाकिस्तानी इतिहास छ ।
पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अदालतले मानहानीको आरोपमा अयोग्य घोषणा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ