अबदेखि प्रदेश नं ४ को नाम गण्डकी

अबदेखि प्रदेश नं ४ को नाम गण्डकी

  • शुक्रबार, असार २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

पोखरा, २२ असार

प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।

प्रदेशसभा सदस्य मायानाथ अधिकारीले प्रदेशको नाम गण्डकी राखियोस् भन्दै गर्नुभएको प्रस्ताव एवं सदस्य मणिभद्र शर्मा कंँडेल, गायत्री गुरुङ र कृष्ण थापाको समर्थनलाई बहुमतले पारित गरेको हो । बैठकमा प्रदेशसभाका कूल ५९ सदस्यमध्ये आज उपस्थित ५६ सदस्यमध्ये गण्डकी नाम हुनुपर्ने पक्षमा ५४ जनाले मतदान गर्नुभयो भने विपक्षमा दुई मत परेको थियो ।

गण्डकी नामका पक्षमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाका सदस्यले मतदान गर्नुभयो भने विपक्षमा नयाँ शक्ति पार्टीका सदस्यले मतदान गर्नुभयो ।

यसअघि प्रदेशको नामाङ्कन विषयको छलफलमा सहभागी हुँदै अधिकांश सदस्यले सबै जातजाति भाषाभाषीको पहिचान एवं भूगोललाई गण्डकीले जोड्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य एवम् प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब्बा गुरुङले सबैको अपनत्व हुने किसिमबाट प्रदेशको नाम गण्डकी राख्ने पक्षमा पुगिएको तथा भूगोल, जाति, भाषा एवम् राजनीतिक रुपले सबैभन्दा उपयुक्त नाम गण्डकी रहेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट कुमार खड्काले गण्डकी हाम्रो सभ्यतासमेत भएको बताउँदै यसले सबैको पहिचान र समाथ्र्य बोकेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका पियारी थापाले गण्डकी यस क्षेत्रको धार्मिक, सांस्कृतिकलगायत हरेक पक्षसँग जोडिएकाले प्रदेशको नाम उपयुक्त हुने बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य हरिबहादुर चुमान, विकास लम्साल, मेखलाल श्रेष्ठ, रामजीप्रसाद बराल, दीपक थापा, लक्ष्मी सुनार, पुष्पा केसी, दीपक कोइराला, धनमाया लामा, रोशनबहादुर गाहा, ओमकला गौतम, गायत्री गुरुङ, मनबहादुर गुरुङ, प्रकाशचन्द्र दवाडी र इन्द्रधारा विष्टले प्रदेशको नामाङ्कन सम्बन्धमा आआफ्ना धारणा राख्नुभयो ।

आजको बैठकमा प्रदेशसभा सदस्य हरिशरण आचार्यले यही असार १५ गते सचिवालयमा दर्ता भएको प्रतिवेदनको प्रस्तावमा राख्नुभएको संशोधन प्रस्तुत गर्न सभामुखले समय दिनुभएको थियो । आजको बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले खोप सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ