बाजुरमा मेयर र वडाअध्यक्षहरुबीच माइन्यूट खोसाखोस, हेर्नुहोस् जनप्रतिनिधिको चर्तिकला 

बाजुरमा मेयर र वडाअध्यक्षहरुबीच माइन्यूट खोसाखोस, हेर्नुहोस् जनप्रतिनिधिको चर्तिकला 

  • शुक्रबार, असार २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

२२ असार,बाजुरा । जनताको काम गर्ने भनेर निर्वाचित भएका जनप्रतिनिधिहरु निश्चित आफ्नो स्वार्थको लागि आपसी लडाइँ र झगडा गरिरहेको आरोप लाग्ने गरेको जिल्लामा फेरि झडप भएको छ । जनप्रतिनिधिहरुको लडाइँले स्थानीबासी भने दिक्क भएका छन् । बाजुराको बडिमालिका नगरपालिकाका मेयर र वडाअध्यक्षहरुबीचको फेरि विवाद फेरि चुलीमा पुगेको छ । मेयरमा काँग्रेसबाट पदमबहादु बडुवाल विजयी थिए । पहिलो बैठकदेखि एमाले र काँग्रेसबीच विवाद सुरु भएको थियो ।

नेपाली काँग्रेस र पूर्व एमाले र माओवादी केन्द्रबाट गरी तीन पार्टीका उम्मेदवार निर्वाचित भएका यहाँका जनप्रतिनिधिहरुबीच सुरुदेखि नै विवाद हुँदै आएको छ । अहिले एमाले र माकेको एकीकरणपछि त्यो विवादले चर्को रुप लिएको छ । दुबै पार्टीका प्रतिनिधिहरु एक ठाउँमा आएपछि काँग्रेस कमजोर भएको छ । बडिमालिका नगरपालिकामा कांग्रेसबाट पदमबहादु बडुवाल विजयी हुनुभएको थियो ।

पछिल्लो विवादमा नगरपालिकाको माइन्यूट खोसाखोस भएको छ । तर, माइन्यूट पूर्वएमालेबाट निर्वाचित भएका वडाअध्यक्षहरुले कब्जामा लिएका हुन् । उनीहरुले नगरपरिषदमा राजनितिक आस्थाका आधारमा बजेट विनियोजन गरेको भन्दै निणर्य पुस्तिका (माइन्यूट) खोसेका हुन् ।

नगरपालिकाको बैठक भइरहेका बेला नेकपा एमालेका वडाध्यक्ष भएका सबैले हल्ला गरेको र एक जनाले माइन्यूट खोसेर भागेको बताइएको छ । वडा नम्बर २,३,४,७ र ९का वडाध्यक्षले माइन्यूट खोसेर बैठकबाट भागेका थिए । लगत्तै उनीहरुले पत्रकार सम्मेलन समेत गरे । आफूहरुको पाँच वटा बुँदामा असहमति रहेको बताए ।

योजनामा बजेटन विनियोजन नभएको, तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्ष विजय भएका योजनामा बजेट कम विनियोजन गरिएको, स्थानीय सरकार वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शनलाई बेवास्ता गरिएको लगायतका आरोप लगाएका छन् ।

आफूहरुका माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी वडा नम्बर ९ का वडाध्यक्ष विनोदकुमार बिकले बताए ।

नगरपालिकामा सुरुदेखि भएको विवादबाट स्थानीय दिक्क भएका छन् । जनताको काम गर्न पठाएका प्रतिनिधिहरु अापसी लडाइँमा व्यस्त भएपछि उनीहरु निरास भएका छन् । यसले विकास र सेवा प्रभावित भएका छन् । अहिले स्थानीय भन्छन्-‘बेकारमा जिताए छौं थुक्क भातेहरु ।’ जनताले अाफ्नै स्वार्थको लागि मेयर र वडाअध्यक्षहरुबीच झगडा भइरहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ