शक्ति राष्ट्रहरुबीच व्यापारीक द्वन्द्व शुरु भएसँगै विश्व अर्थतन्त्रमा खतरा

शक्ति राष्ट्रहरुबीच व्यापारीक द्वन्द्व शुरु भएसँगै विश्व अर्थतन्त्रमा खतरा

  • बिहिबार, असार २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी, २१ असार ।

विश्व व्यापार संगठनले शक्ति राष्ट्रहरुबीच व्यापारीक द्वन्द्व शुरु भएसँगै विश्व अर्थतन्त्रमा खतरा देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
अमेरिका, चीन तथा यरोपेली युनियनबीच व्यापारमा प्रतिबन्ध तथा प्रतिशोधको असर विश्व अर्थतन्त्रको वृद्धिदरमा देखापर्ने भन्दै संगठनले चिन्ता व्यक्त गरेको हो ।
शक्ति राष्ट्रबीचको पछिल्लो क्रियाकलापले विश्वस्तरमै सहमतिमा ल्याइएको व्यापारिक नियम ठूलो खतरामा परेको संगठनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकबाट आयात हुने स्टिल र आल्मुनियममा कर लगाउने निर्णय गरेपछि त्यसको प्रतिशोधस्वरुप चीन र ईयूले पनि अमेरिकाबाट आयात हुने विभिन्न सामाग्रीमा कर लगाएका छन् । जसले गर्दा विश्व अर्थतन्त्रमा नै प्रभाव परेको छ ।
विज्ञहरुले यसले विश्वभर नै आर्थिक मन्दी छाउनसक्ने र हजारौंले रोजगारी गुमाउनसक्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ