वाईसिएल संयोजक नेकपामा प्रवेश: भन्छन् , माओवादी केन्द्र एमालेकरण भयो

वाईसिएल संयोजक नेकपामा प्रवेश: भन्छन् , माओवादी केन्द्र एमालेकरण भयो

  • बिहिबार, असार २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

२१ असार,बुटवल । पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसिएल संयोजक गणेश बिक ‘गुराँस’ एमाले र माओवादी केन्द्रका एकतालाई क्षणिक जमघट भन्दै विद्रोह गरेका छन् । उनले माओवादी केन्द्र एमालेकरण भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पूर्व माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका बिकले एमाले र माकेको एकतालाई कथित भएको बताउँदै यसले थप निरंकुशता झल्को दिएको बताए । बुधबार एक विज्ञप्ति जारी गरेर बिकले विप्लवले नेतृत्व गरेको नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् ।

वाईसिएल नवलपुरका संयोजक समेत रहेका बिकले दलाल संसदीय व्यवस्था वा जनवादी राज्य व्यवस्था ? बुर्जुवा समाजवादको वैज्ञानिक समाजवादको बाटो ? भन्ने कुरा क्रान्तिकारी कम्युनिस्टहरुको अगाडि जीवनमरणको प्रश्न भएको समेत बताए ।

“दलाल संसदीय व्यवस्था वा जनवादी राज्य व्यवस्था ? बुर्जुवा समाजवादको बाटो या वैज्ञानिक समाजवादको बाटो ? भन्ने कुरा आज नेपाल नेपालका क्रान्तिकारी कम्युनिस्टहरुका अगाडि जीवनमरणको प्रश्नको रुपमा नेकपा (माओवादी केन्द्र) र एमालेको कथित एकता नामक क्षणिक जमघटले पैदा गरिदिएको छ भने यिनै प्रश्नहरुको बास्तविक र साँचो उत्तर खोजेर आम नेपाली जनतालाई जानकारी गराउनु पर्ने एक ऐतिहासिक नैतिक जिम्मेवारी हामी जनता, राष्ट्र र आफ्ना वर्गप्रति प्रतिवद्ध योद्धाहरुको काँधमा आएको छ” बिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमाले र माकेको एकताले झन निरंकुशताको झल्को मिलेको भन्दै बिकले यस्तो अबस्थामा क्रान्तिकारीहरुका आँखा नखुले सहिद, बेपत्ता र घाइतेहरुको क्रुबानीको अपमान हुने बताए ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “यो एकताले थप निरंकुशताको झल्को समेत दिइरहेको छ । आजको यस्तो विषम परिस्थितिमा समेत हामी क्रान्तिकारीहरुका आँखामा रतन्धो लाग्यो भने, सोच्न सक्ने दिमाग र बोल्न सक्ने जिब्रोमा प्यारालाइस भयो भने र सुन्न सक्ने कान बन्द भयो भने १७ हजार महान् सहिदहरुले बगाएको रगत, हजारौं घाइतेहरुले गुमाएका अंक, साथै बेपत्ता योद्धाहरुले दिएको क्रुवानी र लाखौं जनताले गरेको त्याग बलिदान र समर्पपणमाथि ठूलो अपमान र गम्भीर धोका समेत हुनेछ ।”

पूर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका संयोजक बिकले दक्षिणपन्थी, संशोधनवादी र दलालहरुको एकता प्रक्रियाबाट विद्रोह गरी वैकल्पिक क्रान्तिकारी बाटोमा आउन समेत अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ