पर्वत, असार २१ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ ।
उक्त सडकखण्ड अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्ले खोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा आज विहान १ बजेदेखिनै सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन् भने धौलागिरिबाट छुटेका बिहानी सेवाका छोटो तथा लामो दूरीका सवारीसाधन आम्वोटमा अलपत्र परेका छन् ।
सडक खुलाउनका लागि डोजर र एस्काभेटर बोलाएर परिचालन गरिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।
डिमुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भए पनि वर्षा नरोकिएकाले तत्काल खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline