नागरिक र प्रहरीको बीचमा भएको खाडल अन्त्य गर्नु पर्छ: आइजीपी खनाल

नागरिक र प्रहरीको बीचमा भएको खाडल अन्त्य गर्नु पर्छ: आइजीपी खनाल

  • बिहिबार, असार २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, असार २१ ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नागरिक र प्रहरीबीचमा रहेको खाडल अन्त्य हुनुपर्ने बताउनु भएको छ । उहाँले कार्यस्थलमा खटिने प्रहरीसँग मानव अधिकारको ज्ञान हुनुपर्ने आवश्यकता समेत औल्याउनु भयो ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानवअधिकार शाखाले आज राजधानीमा आयोजना गरेको ‘मानव अधिकार संरक्षण र प्रबद्र्धनमा नेपाल प्रहरी’ विषयक गोष्ठीमा बोल्दै आईजीपी खनालले नागरिक र प्रहरीको बीचमा भएको खाडको अन्त्य गर्नु पर्नै बेला आएको बताउनु भएको होे ।

आईजीपी खनालले प्रमाणमा आधारित पोलिसिङ अहिलेको आवश्यकता भएको बताउनु भयो । अभियुक्तलाई अदालतमा पुगुञ्जेल सम्मको अधिकारलाई ध्यानमा राख्नुपर्ने भन्दै उहाँले भदौ १ देखि फौजदारी संहिता आउने र त्यो मानव अधिकार संबद्र्धन र कार्यान्वयनका लागि फड्को हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरीका हरेक काम पारदर्शी हुनुपर्ने भन्दै त्यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नु भयो । प्रहरीले व्यवस्थापकीय इमान्दारिता, राष्ट्रप्रतिको समर्पण र संगठनको म्यान्डेट अनुसार काम गर्न सके समाज र राष्ट्रले खोजेको जस्तो प्रहरी हुने उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ