बेलायती चार्ली रोली र डाउन स्ट्रगसमाथि रसायन ‘नर्भ एजेन्ट’ बाट आक्रमण

बेलायती चार्ली रोली र डाउन स्ट्रगसमाथि रसायन ‘नर्भ एजेन्ट’ बाट आक्रमण

  • बिहिबार, असार २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौं, असार २१ । बेलायतमा एक दम्पत्तिमाथि ‘नर्भ एजेन्ट’ बाट आक्रमण भएको छ ।

चार्ली रोली र डाउन स्ट्रगसमाथि स्नायु प्रणालीलाई प्रभावित पार्ने रसायन ‘नर्भ एजेन्ट’बाट आक्रमण भएको हो । उनीहरुलाई विल्टसरस्थित आफ्नो घरमा बेहोस अवस्थामा भेटिएको थियो ।

गम्भीर अवस्थामा फेला परेका उनीहरुलाई तत्काल अस्पतालमा भर्ना गरिएको छ ।

रुसी पूर्वजासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियाको हत्याको प्रयासका लागि प्रयोग भएको जस्तै ‘नर्भ एजेन्ट’ ती दम्पत्तिमा प्रयोग भएको बेलायती प्रहरीले जनाएको छ ।

बेलायती प्रहरीका प्रवक्ता नील बसुले रासायनिक हतियार विशेषज्ञले नै नर्भ एजेन्टको प्रयोग भएको पुष्टि गरेको जानकारी दिनुभयो ।

प्रहरीले यस्तो लक्ष्यण देखिएका अरु कोही पनि व्यक्ति अहिलेसम्म फेला नपरेको जनाएको छ । घाइते दम्पत्तिका बारेमा अहिलेसम्म थप केही जानकारी पाउन नसकेको पनि बताईएको छ ।

बेलायतका मुख्य चिकित्सा अधिकारी शैली डेविसले सामान्य व्यक्ति यसको चपेटामा पर्ने सम्भावना एकदम कम हुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ