भोट माग्ने अनौठो जुक्ति, ढलको पानीमा सुतेर फेसबुक लाइभ

भोट माग्ने अनौठो जुक्ति, ढलको पानीमा सुतेर फेसबुक लाइभ

  • बुधबार, असार २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

चुनावकाे बेला नेताहरूले अनेक उपाय लगाउछन् जनताकाे भाेट तान्न । कतिपयले त चर्तिकला नै देखाउछन् । त्यस्तै भएकाे छ पाकिस्तानमा पनि ।

अहिले आम चुनावको सरगर्मी बढिरहेको बेला पाकिस्तानमा एकजना नेताले जनताको मन र भोट आफुतर्फ तान्नका लागि अनौठो जुक्ति निकालेका छन् ।

चुनाव नजिकिँदै जाँदा नेताहरु जनताका घरदैलो पुगेर भोट मागिरहेका बेला एकजना स्वतन्त्र उमेदवारले चाहीँ भोट माग्ने रोचक शैली अपनाएका छन्। ती नेताले ढलबाट निस्किएको फोहोर पानीमा पल्टिएर फोटो खिचे र त्यसलाई फेसबुक वालमा अपलोड गरे । फेसबुक वालमा फोटो हाल्नेमात्र होइन, उनले ढलको पानीमा सुतेरै फेसबुक लाइभ समेत समेत । उनले त्यसबेला हातमा पाकिस्तानी झण्डा बोकेका थिए । जसले अहिले निकै चर्चा पाएको छ ।

कराँचीको एन २४३ निर्वाचन क्षेत्रबाट चुनाव लडिरहेका स्वतन्त्र उम्मेदवार अयाज मेमोन मोतिवालाले आफुले जनताको दुखलाई राम्रोसँग बुझेको भन्ने देखाउनका लागि ढलमा सुतेका हुन् । आफ्नो क्षेत्रका मानिसहरु ढलको समस्याबाट गुज्रिरहेको कुरा आफुलाई जानकारी रहेको भन्दै उनले वर्तमान सरकार र विपक्षी दलहरुलाई नैतिक दबाब दिन आफुले यस्तो काम गरेको बताए ।

फेसबुकमा शेयर गरेको फोटोमा उनले लेखेका छन्, ‘सफाइ हाम्रो आधा इमान हो कि दुर्गन्ध ? मोतिवालाले जनताका लागि, दुर्गन्धबाट मुक्तिका लागि ढलको पानीमा उत्रिएर विरोध गरेको छ । भोट दिनुहोस्, सफाइ लिनुहोस्,। कृपया पाकिस्तानलाई बचाउनुहोस् ।’

स्मरण रहोस् चुनाव प्रचारप्रसारका लागि अनेक तरिका अपनाउँदै आएका मोतिवालाले फोहोरको डुंगुरका बीचमा गएर पनि भाषण गर्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी