काठमाण्डौ, २० असार ।
प्रहरीले यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा सक्रिय बिचौलियाविरुद्ध फिल्टर अप्रेशन थालेको छ ।
महागनरीय प्रहरी प्रभाग, बलम्बु वृत्तकी प्रमुख शर्मिला गुरुङका अनुसार सेवाग्राहीलाई छिटो सेवा दिने भनेर रमक माग गरेर दुःख दिएको व्यापाक गुनासो आएपछि अप्रेशन चलाइएको हो ।
बलम्बु प्रहरीले यो अप्रेशन अन्तगरत मंगलबार ८ जना विचौलियालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिकाका कृष्णप्रसा थपलिया, कलंकीका करिण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरको जावलाखेलका प्रकाश तन्डुकार, चन्द्रागिरीका अपार रिजाल, सातदोबाटोका कन्चन राई, रातोपुलका बालकृष्ण खत्री र इमाडोलका पवन तामाङ छन् ।
पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि महागनरीय प्रहरी वृत्त, थानकोट पठाइएको बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline