यमनमा सशस्त्र द्वन्द्वमा दुई हजारभन्दा बढी बालबालिका मारिए

यमनमा सशस्त्र द्वन्द्वमा दुई हजारभन्दा बढी बालबालिका मारिए

  • बुधबार, असार २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी, असार २० ।
यमनमा जारी सशस्त्र द्वन्द्वमा अहिलेसम्म दुई हजार दुई सय बालबालिका मारिएको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदन अनुसार तीन वर्षदेखिको द्वन्द्वमा यति धेरै बालबालिका मारिएका हुन् ।

द्वन्द्वको चपेटामा परेर अन्य कैयौं बालबालिका भोकमरीको चपेटामा पर्नुका साथै विस्थापित भएको राष्ट्रसंघ अन्तर्गतको बालबालिका सम्बन्धी निकायका कार्यकारी निर्देशक हेनरिट फोरले जानकारी दिनुभयो ।

३४ हजार बालबालिका घाइते भएको तथ्याङ्क छ । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले कारबाही गर्दा भएको लडाईंमा परी यमनमा तीन वर्षमा झण्डै दश हजार जना मारिएका छन् । यमनमा सन् २०१५ देखि संघर्ष जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ