सप्तरीको माहुली पुल भासियो

सप्तरीको माहुली पुल भासियो

  • बुधबार, असार २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 29.5K
    SHARES

सप्तरी, असार २० ।
लगातारको वर्षापछि महुली खोलामा आएको बाढीले पूर्व–पश्चिम राजमार्गमा रहेको सप्तरीको माहुली पुल भासिएको छ ।
सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले अग्निसाइर कृष्णासावरण गाउँपालिकामा रहेको महुली पुल ५० मिटर जति भासिएको जानकारी दिनुभयो ।

पुल भासिए पनि सवारी आवागमन भने यथावत भइरहेका छन् । एसपी सिंहले भाँसिएको पुलको दक्षिणतिरबाट सवारी पास गराइएको बताउनु भयो ।

सप्तरीमा हिजो देखि वर्षा नभए पनि पहाडी क्षेत्रमा भएको वर्षाले खाँडो, महुली लगायत नदीमा पानीको सतह बढेको छ । नदीको सतह लगातार बढ्दै गएपछि खाँडो नदी आसपासका बासिन्दा त्रसित बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ