नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुन गिरफ्तार

नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुन गिरफ्तार

  • मङ्लबार, असार १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 24.6K
    SHARES

१९ असार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो नेता ओमप्रकाश पुनलाई प्रहरीले अाज राति गिरफ्तार गरेको छ । अाज (मंगलबार) राति ९ बजेतिर पुनलाइ काठमाडौंको लाजिम्पाटबाट अपहरण शैलीमा गिरफ्तार गरेको उक्त पार्टीले बताएको हो ।

पुनलाई गिरफ्तार गरेर कहाँ लगियो भन्नेबारेमा केहि पनि जानकारी नदिइएको नेकपाले जनाएको छ । नेता पुनलाई बेपत्ता पारेको परिवारले दाबी गरेका छन् ।

यसअघि नेकपाका नेता असारे काका, भरत बम, पदम राई, मकर गुरुङ, धीरेन्द्रा उपाध्यायसहित ४० नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो । बाँकीलाई रिहा गरेपनि पोलिट्ब्यूरो सदस्य बम र राईसहित ७ जनालाई म्याद थपेर हिरासतै राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ