प्रधानसेनापति क्षेत्री आज चीन जाँदै

प्रधानसेनापति क्षेत्री आज चीन जाँदै

  • मङ्लबार, असार १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, असार १९ ।
प्रधानसेनापति राजेन्द्र क्षत्री आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आज त्यस तर्फ जान लाग्नु भएको हो ।

उक्त अवसरमा प्रधानसेनापति क्षत्रीले चीनका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सोही भ्रमणकै क्रममा प्रधानसेनापतिले म्यान्मारको समेत भ्रमण गरी त्यहाँका उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उहाँ आगामी असार २९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

भ्रमण अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ