बैतडीमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै

बैतडीमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै

  • मङ्लबार, असार १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.8K
    SHARES

बैतडी, १९ असार।

पछिल्लो समयमा बैतडीमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।

खास गरेर चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताउनुभयो । विगत सात वर्षको तथ्यांक हेर्ने हो भने चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको उहाँले बताउनुभयो । मानव र वन्यजन्तुको द्वन्द्वकै कारण मानव समुदाय पनि त्रासमा बाच्नु परिरहेको छ, उहाँले भन्नुभयो, “वन्यजन्तु बस्ने बासस्थान क्रमशः नष्ट हुँदै जान थालेपछि द्वन्द्व बढेको हो ।”

चितुवा मात्रै नभएर पछिल्लो समयमा बाँदर, बँदेल, स्याललगायतका जंगली जनावरले पनि मानवका विभिन्न क्रियाकलापमा बाधा पु¥याएको जिल्ला वन कार्यालय, बैतडीका सहायक वन अधिकृत रामचन्द्र लामाले बताउनुभयो । वन्यजन्तुले बालीनालीमा समेत असर पार्न थालेको छ, उहाँले भन्नुुभयो, “जिल्ला वन कार्यालयका अनुसार बैतडीमा वनजंगलको क्षेत्र बढ्दै गएपनि घनाजंगल भने घट्दै गएको छ । यसले गर्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।”

जनसंख्याको वृद्धिसँगै प्राकृतिक स्रोतमाथिको बढ्दो मागका कारण वन जंगलमा चाप बढ्दै जाँदा त्यस वनमा आश्रय लिएर बस्ने विभिन्न किसिमका वन्यजन्तुको बासस्थानमा खलल पुग्न जान्छ । त्यसको फलस्वरुप मानव र वन्यजन्तुबीचमा खाना र बासका लागि द्वन्द्व उत्पन्न भएको बताइएको छ ।

मानव चेतनशील प्राणी भएकाले चितुवा–मानव द्वन्द्व न्यूनीकरणका लागि मानवको नै प्रमुख जिम्मेवारी रहने भएकाले चितुवाको आहाराको र बासस्थानको विनाश रोकथाम मात्र गर्ने हो भने पनि चितुवा मानव बस्तीभित्र आउँदैन जसले गर्दा चितुवा र मानवबीचको द्वन्द्व रोकथाम भई प्रकृति तथा पर्यावरणीय सन्तुलन कायम रहने प्राणीविद्को भनाइ रहेको छ ।

चितुवाले विसं २०६८ यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रसासनले धेरैपटक चितुवा मार्नका लागि तल्लोस्वराडमा प्रहरी र वनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकी फर्किने गरेको छ । चितुवाले सबैभन्दा बढी महिला तथा बालबालिकालाई आक्रमण गर्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ