श्रीमान श्रीमतीकाे झगडा छुट्याउन जाने एक जनाकाे मृत्यु

श्रीमान श्रीमतीकाे झगडा छुट्याउन जाने एक जनाकाे मृत्यु

  • सोमवार, असार १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

धादिङ, १८ असार । 

बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी एक महिलाको एक दम्पतीबीचको झगडा छुट्याउन जाँदा आज मृत्यु भएको छ ।

स्थानीयवासी सेते विक र उनकी श्रीमतीबीच परेको झगडा छुट्याउने क्रममा सेतुले प्रहार गरेको लौराले ५० वर्षीया बालकुमारी विकलाई लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लठ्ठीले लागेर गम्भीर घाइते भएकी बालकुमारीको गजुरी प्राथमिक स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि सेतेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

पुरिएको जीप निकालियो

सडकमाथिबाट लेदोमाटाको पहिरो आएर बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा आज अपराह्न पुरिएको जीप आधा घण्टामा निकालिएको छ ।

लु १ च २३४३ नंको जीप पहिराले पुरेपछि तत्काल नजिकै राजमार्गमा रहेको प्रहरी टोलीले पहिरोसमेत पन्छाएर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ