अखिल क्रान्तिकारीद्धारा सिटिइभिटीको अनुगमन सुरु, शूल्क बढी लिनेको सूची तयार

अखिल क्रान्तिकारीद्धारा सिटिइभिटीको अनुगमन सुरु, शूल्क बढी लिनेको सूची तयार

  • सोमवार, असार १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

१८ असार, नेपालगंज । अखिल क्रान्तिकारीले सिटिईभिटीको अनुगमन सुरु गरेको छ । तोकिएको शूल्क कार्यान्वयन, भौतिक पूर्वाधार, सम्बन्धनबारे अनुगमन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका सिटिईभिटी इन्चार्ज हर्क बिकको नेतृत्वमा महेन्द्रनगरबाट सुरु गरिएको छ । सिटिईभिटीका क्षेत्रिय कार्यालय र सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरुको अनुगमन गरिएको बताइएको छ ।

“तोकिएको शूल्कभन्दा बढी लिएको विद्यार्थी र अभिभावकले गुनोसो गरेका छन् । त्यसैगरी मिलेमतोमा मापदण्ड पूरा नभएका शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिइएको बारे संगठनमा गुनासा आएकोले अनुगमन सुरु गरेका हौँ” इन्चार्ज बिकले अनलाइन डबलीसँग भने ।

शूल्क बढी लिने र मापदण्ड पूरा नगर्ने शैक्षिक संस्थाको सूची तयार पारी कारवाहीको लागि सम्बन्धीत निकायलाई पठाउने बिकले बताए । सरकारले कारवाही नगरे संगठनले सिटिईभिटीका कर्मचारी र शैक्षिक संस्थाहरुको सूची सार्वजनि गरेर कारवाही गर्ने बताए ।

महेन्द्रनगरबाट सुरु गरिएको अनुगमन पूर्वसम्म पुग्ने बिकले जानकारी दिए । भर्नामा कुनै पनि शैक्षिक संस्थामा बढी शूल्क मागे संगठनमा सम्पर्क गर्न पनि अखिल क्रान्तिकारीले विद्यार्थी र अभिभावकलाई अाग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी