चितवन, असार १८ ।
अविरल वर्षाका कारण चितवनको माडीका अधिकांश खोलामा पानीको बहाब बढेपछि यातायात सेवा अवरुद्ध भएको छ ।
पानीको बहाब बढेपछि माडी–ठोरी सडकखण्ड अवरुद्ध बनेको हो । यातायात सेवा अवरुद्ध हुँदा आवातजावतमा समस्या भएको छ ।
पानीको बहाब बढेकाले माडीको रौतनी खोलाको पुल भासिएको छ । माडीको अधिकांश क्षेत्र जलमग्न भएकाले उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
जिल्लाको माडी क्षेत्र वर्षेनी बाढीको चपेटामा पर्ने गरेको छ । गतवर्ष पनि माडीमा बाढीले ठूलै जनधनको क्षति भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline