वर्षाका कारण गाउँ नै जलमग्न, मोरङका दर्जन बढी गाउँ बाढीको उच्च जोखिममा

वर्षाका कारण गाउँ नै जलमग्न, मोरङका दर्जन बढी गाउँ बाढीको उच्च जोखिममा

  • सोमवार, असार १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

मोरङ, असार १८ ।
केही दिनयताको वर्षाका कारण मोरङका दर्जनभन्दा बढी गाउँ जलमग्न बनेका छन् ।

बक्राहा, रतुवा, लोहन्द्रा, चिसाङ, सिंगिया, केसलियालगायत खोलाका कारण आसपास क्षेत्रका गाउँ बस्ती जोखिममा परेका हुन् । नदिमा पानीको बहाव बढेसँगै गाउँहरु बाढीको उच्च जोखिममा देखिएका छन् ।

सम्भावित जोखिमस्थलहरुमा तत्काल सचेतनामूलक कार्यक्रम गर्नुका साथै सतर्कता र उद्धारको पूर्वतयारी आवश्यक रहेको रेडक्रस सोसाइटीले जनाएको छ ।

बक्राहा खोलामा आएको बाढीका कारण आसपासका मधुमल्ला, गोविन्दपुर, इटहरा, बरडंगा, हसन्दहलगायत गाउँबस्ती जलमग्न हुन थालेका छन् ।

यसैगरी रतुवा खोलाका कारण सिजुवा, महादेवालगायत गाउँ प्रभावित बनेका छन् । गत वर्षको बाढीमा ती गाउँका हजारौं बासिन्दा डुबानमा परेका थिए । दर्जनभन्दा बढीको डुबेर मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ