काठमाडौं, असार १८ ।
लगातारको भारी बर्षाले मुलुकका बिभिन्न नदीमा बाढीको जोखिम बढेको छ । १२ घण्टायता मुलुकको पश्चिम क्षेत्रमा वर्षा जारी रहेको तथा आज दिउँसो पनि सो क्रम जारी रहने मौसमविदहरुले बताएका छन् ।
भारी वर्षाका कारण बबई र राप्ती नदी आसपासको क्षेत्रमा बाढीको जोखिम बढेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बाढीको जोखिमसँगै सर्वसाधारणलाई सर्तक रहन आह्वान गरिएको छ ।
त्यस्तै कर्णाली र पश्चिम राप्तीमा पनि पानीको सतह बढ्ने क्रम जारी रहेको बिभागले जनाएको छ । बिभागका मौसमविद् सुवास रिमालका अनुसार आज पनि पश्चिमी भेगमा भीषण वर्षा हुने सम्भावना छ ।
राजधानी लगायत पुर्वी क्षेत्रमा समेत वर्षा हुने महाशाखाले जनाएको छ । अविरल वर्षाले बबई नदीको सतह बढेसँगै बर्दियाका बिभिन्न स्थान जलमग्न भएका छन् । बर्दिया प्रशासनले सतर्क रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।
कर्णालीमा भने जलस्तर बढेको छैन । अविरल वर्षाले गुलरिया लगायत जिल्लाका अधिकांश ठाउ‘ डुवानमा परेको प्रहरीले जनाएको छ । निर्माणाधिन गुलरिया(राजापुर सडक खण्ड अन्तर्गत गमक्कामा यातायात सेवा ठप्प भएको छ ।
निर्माणाधिन पुल नजिक बनाइएको डाईभर्सन डुवानमा परेकोले आउजाउ ठप्प भएको हो । आयोजनाले पटकपटक डिजाईन फेर्दे गएका कारण पुल निर्माणमा ढिलाई भएका कारण यस्तो अवस्था आएको निर्माण व्यवसायी बताउ‘छन् ।
यसैगरी गुलरिया—नेपालगन्ज सडकखण्ड अन्र्तगत लालपुरमा निर्माणाधिन कलभर्ट नजिकको वाईवासमा ट्रक फसेपछि यातायात ठप्प भएको छ । दर्जनौ सवारी साधन अलपत्र परेका छन् ।
गमक्का र लालपुर सडक खण्डमा स्काईभेटर प्रयोग गरि यातायात सूचारु गर्ने प्रयास भई रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो । अविलर वर्षाले गुलरिया नगरपालिका क्षेत्रमा छ वटा पोल ढलेका कारण विद्युत सेवा प्रभावित भएको छ ।