ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • सोमवार, असार १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

लहान, १८ असार ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आइतबार साँझ ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १ ख ७४५१ नंको ट्रकको ठक्करबाट साइकलयात्री धनुषाको सबेला नगरपालिका–७ निवासी २५ वर्षीय नरेशकुमार महराको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका महरालाई उपचारका लागि लहानस्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ