फ्रान्समा कुख्यात गुण्डा नाइके फेड कारागारबाट हेलिकप्टर चढेर फरार

फ्रान्समा कुख्यात गुण्डा नाइके फेड कारागारबाट हेलिकप्टर चढेर फरार

  • सोमवार, असार १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

पेरिस । फ्रान्समा कुख्यात गुण्डा नाइके रेडोइन फेड पेरिसको कारागारबाट हेलिकप्टर चढेर फरार भएका छन् ।

हतियारले सुसज्जित तीनवटा हेलिकप्टर कारागारभित्र अवतरण गराइ त्यसैमा चढेर ४६ वर्षीय फेड भागेको अधिकारीहरुले जनाएका छन् ।

नजिकैको वाउरगेट क्षेत्रतर्फ उडेको हेलिकप्टर पछि जलेको अवस्था स्थानीय प्रहरीले फेला पारेको थियो ।

फ्रान्सको अपराध दुनियामा चिर्चित फेड शृंखलाबद्ध रुपमा भएका लुटका घटनाका संलग्न भएको अपराधमा जेल सजाय भोग्दै आएका थिए ।

पछिल्लो समय उनी सेन इट मर्न कारागारमा २५ वर्षको जेल सजाय काटिरहेका थिए ।

सन् २०१३ मा उत्तरी फ्रान्सको कारागार पुगेको आधा घण्टामा उनी मानव ढालको सहारामा भाग्न सफल भएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ