७ नम्बर प्रदेशका अर्थमन्त्री बोहोरा गाउँबाटै लखेटिए !

७ नम्बर प्रदेशका अर्थमन्त्री बोहोरा गाउँबाटै लखेटिए !

  • आइतवार, असार १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.5K
    SHARES

१७ असार,अछाम । प्रदेश नम्बर ७ का अर्थमन्त्री झपट बोहोरा आफ्नै निर्वाचन क्षेत्रबाट लखेटिएका छन् । आइतबार रामारोशन गाउँपालिका पुगेकाको मुजाबगर पुगेका मन्त्री बोहोरालाई स्थानीय जनता र आफ्नै पार्टीका कार्यकर्ताहरुले कालोझण्डा देखाएका थिए ।

कार्यक्रम तालिकाअनुसार पहिलो गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने र त्यसपछि कार्यकर्तासँग भेटघाट राखिएको थियो । पूर्व माओवादी केन्द्रका गाउँ इन्चार्ज सुशील साउदका अनुसार मन्त्री बोहोराले सामुहिक रुपमा कार्यकर्तासँग नभेटेर केही नेताहरुसँग पहिला छलफल गरेर मात्रै भेट्न अडान लिए । तर, कार्यकर्ताका गुनासा र सुझाव आफै सुन्नुपर्ने स्थानीयले नेताहरुले बताएपछि मन्त्री बोहोरा कार्यक्रम छोडेर हिड्ने तयारी गरे ।

“कार्यक्रमको सबै तयारी पूरा भएको थियो । संचालकले औपचारिक कार्यक्रम सुरु हुनै लागेको भन्दै माइकिङ गरिरहेका थिए तर मन्त्रीजी कार्यक्रममै सहभागी नहुने भन्दै हिड्ने तयारी गर्नुभयो । त्यसपछि आक्रोसित जनता र कार्यकर्तले कालोझण्डा देखाएका हुन्” साउदले भने ।
चुनावको बेला रामारोशनसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्ने, रामारोशनलाई पर्यटकीय क्षेत्रको विकासको लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जाहेर गरेको तर अहिले पूरा नभएको भन्दै स्थानीय जनता र नेता कार्यकर्ताहरु आक्रोसित भएका थिए ।

मन्त्रीले गाडीमा चढेर फर्किन लाग्दा हातहातमा कालोझण्डा बोकेर जनता र कार्यकर्ताले गाडीलाई घेरा हाले । उनीहरुले मन्त्री बोहोराविरुद्ध चर्का नारा समेत लगाए । आफूहरुले कुरा राख्न पाउनु पर्ने जनताको मागको बेवास्ता गर्दै मन्त्री औपचारिक कार्यक्रम छोडेर हिडेका थिए ।

मन्त्रीको कार्यक्रमको लागि मञ्चदेखि सबै तयारी भव्य रुपमा गरिएको थियो । स्थानीयले बाजागाजासहित मन्त्रीको स्वागत गर्ने भनेर मुजाबगर पुगेका जनताहरु विरुद्धमा नाराबाजी लगाउन सुरु गरे ।

मन्त्रीको सम्मानको लागि मुजाबगर पुगेका नेता-कार्यकर्ता र जनता विरुद्धमा नारा लगाउँदै बजार परिक्रमा गरेर कोणसभा गरेका थिए । उक्त क्षेत्र मन्त्री बोहोराको अाफ्नै गाउँपालिका हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ