दोहोरो अंकले घट्यो शेयर बजार, एक करोड १० लाख कित्ता शेयर सूचीकृत 

दोहोरो अंकले घट्यो शेयर बजार, एक करोड १० लाख कित्ता शेयर सूचीकृत 

  • आइतवार, असार १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, १७ असार ।

निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचकसमेत २.९७ बिन्दुले घटेर २४९.१२ बिन्दुमा ओर्लेको छ ।

आज कुल १५८ कम्पनीको छ लाख १९ हजार ७४१ कित्ता शेयर रु १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद बिक्री भएका छन् । आज सबै उपसमूहका शेयर घटेको हो । त्यसमा बैंकिङ १२.१४, होटल १८.६४, विकास बैंक २०.१४, जलविद्युत् १५.७, वित्त ६.१६, बीमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स २५.७४ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज विभिन्न पाँच कम्पनीको एक करोड १० लाख ७७ हजार कित्ता शेयर सूचीकृत भएका छन् ।

त्यसमा दुई कम्पनीको बोनस शेयर र तीन कम्पनीको हकप्रद शेयर छन् ।

कर्णाली डेभलपमेन्ट बैंकको एक लाख २० हजार ८०० कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै, ओम डेभलपमेन्ट बैंक ३७ लाख ८१ हजार ०७३ कित्ता बोनस शेयर सूचीकृत भएका छन् ।

सूर्याेदय लघुवित्त वित्तीय संस्थाको दुई लाख ८० हजार कित्ता हकप्रद शेयर र देव विकास बैंक लिमिटेडको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद शेयर सूचीकृत भएको स्टकले जनाएको छ । मञ्जुश्री फाइनान्सको तीन लाख ६२ हजार १९० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी