प्रधानमन्त्री र गृहमन्त्रीबीच दुरि बढ्दै, एनजिओमाथी छानविन नगर्न प्रधानमन्त्रीको दबाव, गृहमन्त्री भन्छन्-समय मिलाएर कारवाही गर्छु

प्रधानमन्त्री र गृहमन्त्रीबीच दुरि बढ्दै, एनजिओमाथी छानविन नगर्न प्रधानमन्त्रीको दबाव, गृहमन्त्री भन्छन्-समय मिलाएर कारवाही गर्छु

  • आइतवार, असार १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

१७ असार,काठमाडौँ । विकास र अनुदानको नाममा डलरको खेती गर्दै आएका आईएनजिओ र एनजिओ संचालकको विकृतिको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली नै लागेका छन् । उनले गृहमन्त्री रामबहादुर थापाले सुरु गरेको छानविनलाई रोक्न दवाव दिइरहेका छन् ।

यसअघि गृहमन्त्री थापाले एनजिओ संचालकको सम्पतिको विवरण पठाउन सबै जिल्ला प्रशासनलाई निर्देशन गरेका थिए । प्रधानमन्त्रीकै दवावका कारण उक्त निर्देशन कार्यान्वयन हुन सकेको छैन ।

कारोबार दैनिकका अनुसार आईएनजिओ र एनजिओका संचालक–पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबावका कारण गृहमन्त्री थापा पछि हटेका छ्न ।

गत जेठ २४ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई एनजिओको आर्थिक कारोबार तथा चलअचल सम्पत्ति विवरण संकलन गरी पठाउन निर्देशन दिएको थियो ।

त्यसको एक साता बित्न नपाउँदै असार ४ गते गृहले नै देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै तत्काल यसअघि दिइएको गैरसरकारी संस्थाबारेको निर्णय कार्यान्वयन नगर्नू भन्दै अर्को सर्कुलर गरेको थियो ।

स्रोतका अनुसार गृहमन्त्री थापाले अाफू निकटका नेताहरुसँग अहिले एनजिअोमाथिको छानविन रोकिएपनि उपयुक्त समय मिलाएर कारवाही गरेरै छोड्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ