ट्रम्पको आप्रवासी प्रति नीतिको विरोधमा अमेरिकाका विभिन्न शहरमा विशाल प्रदर्शनको तयारी

ट्रम्पको आप्रवासी प्रति नीतिको विरोधमा अमेरिकाका विभिन्न शहरमा विशाल प्रदर्शनको तयारी

  • आइतवार, असार १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, असार १७ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको आप्रवासीप्रतिको नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी भएको छ ।

विछोडिएका परिवार एक हुने उद्देश्यले ६ सय ३० भन्दा बढी स्थानमा विरोध कार्यक्रम गर्ने तयारी भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसका लागि अमेरिकाका सबै शहरका बासिन्दालाई ‘फेमिली बिलोङस् टुगेदर’ नाराका साथ एकजुट हुन आह्वान समेत गरिएको छ ।

आयोजकले सबैलाई सेतो पहिरनका साथ शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् । यसअघि पनि यस्तै प्रदर्शन भएपछि राष्ट्रपति ट्रम्प आफ्नो नीति परिवर्तन गर्न बाध्य हुनु भएको थियो ।

मेक्सिकोबाट अमेरिका प्रवेश गरेका अवैध आप्रवासी बिरुद्ध राष्ट्रपति ट्रम्पले ‘जिरो टलरेन्स’ नीति लागू गरेकोमा उनीहरुले विरोध जनाएका हुन ।

जिरो टलरेन्स लागू भएको खण्डमा कारागारमा रहेका अभिभावकका सन्तानले अलग हुनुपर्ने पर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ