पब्लिक स्पिकिङ्ग अभियान सम्बन्धी सेमीनार सम्पन्न

पब्लिक स्पिकिङ्ग अभियान सम्बन्धी सेमीनार सम्पन्न

  • आइतवार, असार १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाण्डौ ।
जीवनमुल्यलाई बढवा दिने पब्लिक स्पिकिङ्ग अभियान सम्बन्धी सेमीनार आज राजधानीमा सम्पन्न भएको छ ।
“स्पीक एण्ड विन” (बोल्नुस र जित्नुस) भन्ने मुलनाराका साथ आफ्ना क्रियाकलापलाई अगाडी बढाई रहेको नेपाल आन्ट्रप्र्रेनरसिप एजुकेशन फाउन्डेशन (नीफ) पब्लिक स्पिकिङ्ग, संबादकला, व्यक्तित्व तथा क्षमताविकासमा प्रशिक्षण दिने नेपालकै अग्रणी संस्था हो ।यसले करिब ३ वर्षको अवधीमा ३००० भन्दा बढि बिभिन्न क्षेत्रमाआवद्घ व्यक्तित्वहरुलाई व्यवहारिक प्रशिक्षण प्रदान गरी उहाँहरुको जीवनमा आमूल परिर्वतन ल्याउन सफल भएको छ ।
कार्यक्रममा निफका प्रमुख प्रशिक्षक एचवि कटवालले हामीले खोजेको सफलताको क्षितिज सम्म पुग्न हामी सबैमा आशा, उमंग र उत्साह हुनु पर्दछ । आशा, उमंग र उत्साह साथ कार्य गर्नुहोस् र जिबनमा सफलता हासिल गर्नुहोस् भन्दै पे्ररणामूलक स्पिच दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा नीफका अध्यक्ष तथा सीइओ शशी शर्माले गुणस्तरीय संवादकलाको माध्यमबाट नेपाली समाज र देशमा योगदान गर्ने अभिप्रायले निफ पब्लिक स्पिकिङ्ग अभियानलाई अगाडि वढाई रहेको जानकारी दिनुभयो ।साथै उहाँले अधिकाशं प्रशिक्षार्थीहरुले यस प्रशिक्षण पछि आपmनो व्यक्तीगत जिन्दगी तथा कार्यक्षेत्रमा धेरै राम्रो उपलब्धीहरु हसिल गर्नुभएको बिषयमा पनि जानकारी दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा नीफ पब्लिक स्पिकिङ्ग क्लवका अध्यक्ष गोविन्द प्रसाद गौतमले पव्लिक स्पिकिङ्ग प्रशिक्षण लिनु भएका पुर्व प्रशिक्षार्थी माहानुभावहरुको अभ्यासलाई निरन्तरता दिन निफ पब्लिक स्पिकिङ्ग क्लवले आफना कृयाकलाप अगाडी बढाई रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नीफ पव्लिक स्पिकिङ्ग ट्रेनिङ्ग फेसिलिटेटर एवं नीफ पव्लिक स्पिकिङ्ग क्लवका कार्यकारी सदस्य सुरेश सिंखडाले आजको प्रतिस्पर्धामक समयमा पब्लिक स्पिकिङ्गको महत्वको विषयमा मन्तव्य दिनुभएको थियो
त्यस्तै कार्यक्रममा नीफ पब्लिक स्पिकिङ्ग प्रशिक्षण पुरा गर्नु भएका पूर्व–प्रशिक्षार्थीहरुले आफ्ना मर्म–स्र्पशी अनुभव प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा ४ हप्ताको पब्लिक स्पिकिङ्ग प्रशिक्षण पुरा गर्नु भएका ब्याच नम्वर ३६२ देखी ३६५ सम्मका प्रशिक्षार्थी महानुभावहरुलाई प्रमाण–पत्रवितरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ