रुपन्देहि ।
नेपाल कम्युनिष्ट पार्टीको जनपरिषदले तिलोत्तमा नगरपालिका भित्र भएका भ्रष्टचार तथा कालोबजारी, कमिशनतन्त्र रोक्न माग गर्दै १९ बुदे अपिल पत्र बुझाएको छ ।
तिलोत्तमा नगर जन परिषद प्रमुख विज्ञानको हस्ताक्षर रहेको उक्त पत्र नगरपालीकाका मेयर उपमेयरलाई बुझाईएको छ ।
जनपरिषदले एक महिनाभित्र आफुहरुको माग पुरा गर्न पनि आग्रह गरेको छ ।
नगरपालिका भित्र रहेका सामुदायीक बिद्यालयमा भिभिन्न बहानामा लिईएको शुल्क फिर्ता गरि शैक्षिक गुणस्तरमा पहल गर्न , निजिश्रोतमा अध्यापन गराउने शिक्षकको उचित पारिश्रमिक तोकि सरकारको तलब स्केल सरह दिन तथा सामुदायीक र निजि विद्यालयको अन्तर पत्ता लगाएर शैक्षिक पसल बन्द गर्न पहल गर्ने लगायतका माग रहेका छन् ।
यस्तै सामुदायी वनमा हुने काठ तस्करी, नदिजन्य वस्तुको चोरी निकासी गर्ने कार्य बन्द गर्न पनि जनपरिषदले माग गरेको छ । सडक विस्तारका नाममा मापदण्ड विगारी जनताका जग्गा घरघडेरी मिच्नेमाथि कार्वाहिको माग पनि गरिएको छ ।
जनपरिषदले कृषि क्षेत्रमा लगाईएको कर, साना व्यापारी र व्यवसायीहरु माथि दोहोरो कर प्रणाली खारेज गर्न तथा दुई पांग्रे र चार पाङ्ग्रे सवारी साधनमा यातायात कार्यलय मार्फत सरकारलाई र स्थानीय निकायद्धारा लगाईएका दोहोरो कर प्रणलीको खारेज गर्न माग गरेको छ ।
यी हुन् १९ बुदे मागहरु

