नेपाल-भारत प्रबुद्ध समूहले तयार पार्‍यो साझा प्रतिवेदन, १९५० को सन्धी पुनरावलोकनबारे के भयाे सहमती ?

नेपाल-भारत प्रबुद्ध समूहले तयार पार्‍यो साझा प्रतिवेदन, १९५० को सन्धी पुनरावलोकनबारे के भयाे सहमती ?

  • शनिबार, असार १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

१६ असार, काठमाडौं । नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) ले साझा प्रतिवेदन तयार गरेकेा छ । १९५० को पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीको अाज सम्पन्न बैठकले प्रतिवेदनमा सहमति जुटाएको हो ।

ईजीपीको काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिदै सदस्य निलाम्बर आचार्यले अब दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइने  जानकारी दिनुभयाे । १९५० को सन्धी पुनरावलोकन गर्न भारत तयार भएपनि विषयबस्तुहरु बाहिर आएको छैन ।

दुबै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि मात्र विषयवस्तुहरु बाहिर आउने प्रबुद्ध समूह सदस्यहरुले बताएका छन् । ‘नेपालले जति पनि प्रश्न उठाएको छ, त्यसमा छलफल भएको छ’ समूहका सदस्य महेन्द्र पी लामाले भन्नुभयाे ।

प्रबुद्ध समूहका सदस्यहरुले रिपोर्टमा दिएको सुझावहरु कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । ‘विगतमा के भयो, छाड्नुस् । अहिले भारत नेपाल सम्वन्धमा निकै न्यानोपन आएको छ’ लामा भन्छन्, ‘अब धेरै कुरा अगाडि बढ्नेछ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ