१६ असार,काठमाडौं । प्रहरीले विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारले माइतिघर मण्डलामा विरोध प्रदर्शनमा निषेध गरेको विरोधमा गरिएको प्रदर्शनको क्रममा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।
शनिबार दिउँसो माइतीघर मण्डलामा साझा पार्टीले विरोध प्रदर्शन गरेको थियो । निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो ।
२०७४ चैत ३० गते काठमाडौं जिल्ला सुरक्षा समितिको बैठकले माइतीघरसहित ७ स्थानमा विरोध गर्न निषेध गरेको थियो ।
सरकारले काठमाडौंको खुलामञ्च, लैनचौर समाज कल्याण परिषद अगाडि, सिफल चौर, पेप्सीकोला खेल मैदान, भुईंखेल चौर र तीनकुने चौरमा मात्र विरोध प्रदर्शन गर्न दिने सरकारको निर्णय छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline