ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशको नाम जुलाई ९ मा घोषणा गर्ने

ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशको नाम जुलाई ९ मा घोषणा गर्ने

  • शनिबार, असार १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौं, असार १६ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा न्यायाधीश मनोनयन गर्नुहुने भएको छ । यसै हप्ता न्यायाधीश एन्थनी केनेडीको पदावधि सकिने भएकाले नयाँ नियुक्ति गर्न लागिएको हो ।

राष्ट्रपतिमा निर्वा्चित भएपछि ट्रम्पले आगामी जुलाई ९ मा पहिलो पटक सर्वोच्च अदालतको न्यायाधीशको नाम घोषणा गर्ने बताउनु भएको हो ।

दुई महिला सहित पाँच जनाको नामबाट मनोनयन गर्न लागिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त मनोनयनले सर्वोच्च अदालतमा रुढिवादी बहुमत हासिल गर्न राष्ट्रपति ट्रम्पलाई मौका मिल्ने विश्लेषण छ ।

उहाँले गरेको मनोनयनलाई सीनेटले स्वीकृति भने दिनुपर्ने हुन्छ । जहाँ राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकन पार्टीको बहुमत छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ