बाँके, असार १६ ।
बाँकेमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका–६, महिनामापुरमा आज बिहान ४ बजे फैलिएको करेन्ट लागेर स्थानीय सुरेश चौधरी र टीकाराम चौधरीको मृत्यु भएको हो ।
प्रहरीले उनीहरुको शवलाई पोस्टमार्टम गरेर परिवारलाई बुझाएको छ । घाइते हुनेमा इला शाही, कमला बुढाथोकी र दिनेश बुढाथोकी रहेका छन् ।
इलाका प्रहरी कार्यालय, भगवानपुर बाँकेले दिएको जानकारी अनुसार घाइते मध्ये इला शाहीको अवस्था गम्भीर छ । दुई घाइते कमला र दिनेश भने सामान्य उपचारपछि घर फर्किएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline