ईपीजीको बैठक आज सकिदै

ईपीजीको बैठक आज सकिदै

  • शनिबार, असार १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, असार १६ ।
नेपाल र भारतबीच रहेका सबै प्रकारका सन्धिसम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समुह ईपीजीको राजधानीमा जारी बैठक आज पनि बस्दै छ ।

आज सम्म चल्ने बैठकले हालसम्म भएका बैठकको प्रगतिलाई दुईपक्षीय साझा प्रतिवेदनको रुप दिदै सरकारलाई बुझाउने निर्णय गर्नेछ । भारतीय पक्षले केही विवादित विषयमा आफ्नो धारणा राख्ने क्रम अझै टुंगिएको छैन ।

सन् १९५० को मैत्रीसन्धि पुनरावलोकनको विषयलाई सम्बोधन गर्न पहल भइरहेको भए पनि केही बुँदा र नाममा अझै सहमति हुन सकेको छैन । आजको बैठकमा यसले अन्तिम रुप पाउने सम्भावना रहेको बताइएको छ ।

भारतीय पक्षको रायपछि नेपाली पक्षले छुट्टै बैठक बसेर भारतले राखेका केही विषयका बुँदामा के गर्ने भन्दै छलफल गरेको स्रोतले बताएको छ । भारतले राखेका केही गम्भीर विषयलाई लिएर उनीहरूले सरकारसँग समेत समन्वय गरेको जनाइएको छ ।

आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागूपदार्थ ओसारपसार, तस्करीलगायत नियन्त्रणका लागि दुवै पक्षलाई हित हुने गरी सीमा नियमन लगायत विषयमा भारतले दिएको जोडमा नेपालले समर्थन जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै दिल्लीमा ईपीजीको आठौं बैठक बसेको थियो । यहि असार २० मा ईपीजीको समय सीमा सकिदै छ । नेपाली पक्षको संयोजन डा भेषबहादुर थापा र भारतीय पक्षको भगत सिंह कोशीयारीले गरिरहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ