रसुवागढी जलविद्युत् आयोजना सुरुङको निर्माण तीव्र

रसुवागढी जलविद्युत् आयोजना सुरुङको निर्माण तीव्र

  • शनिबार, असार १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.4K
    SHARES

रसुवा, १६ असार ।

उत्तरी रसुवाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।

रसुवागढी आयोजनाका प्रमुख छविलाल गैरेका अनुसार सुरुङको कुल लम्बाइ चार हजार २०३ मिटरमध्ये तीन हजार ९५३ मिटर निर्माण भइसकेको छ । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको संरचनानुसार तीन युनिटमध्ये पहिलो युनिटबाट सन् २०१९ भित्र र अन्य युनिटबाट सन् २०२० भित्र उत्पादन गरिसक्ने लक्ष्य लिइएको बताइएको छ ।

रु १३ अर्ब ६४ करोड ४० लाखको लागतमा सन् २०१४ देखि निर्माण शुरु भएको आयोजनामा भूकम्पले बाहिरी सतहमा लामो समयसम्म बाधा पु¥याएको र तत्कालीन अवस्थामा पेट्रोलियम पदार्थको अभाव एवं स्याफ्रु–रसुवागढी राजमार्गमा आएको पहिराका कारण सामान तथा उपकरण समयमा ढुवानी गर्न असहज भएका कारण निर्माणको समयावधि लम्बिन गएको आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक रुपमा ६१ करोड ४० लाख युनिट विद्युत् निरन्तर उत्पादन हुनेछ ।

भोटेकोशी र लेहेन्दे खोलाको पानी सदुपयोग गर्दै आयोजना निर्माण हुन लागेको र अहिलेसम्मको समग्र प्रगति ६२ प्रतिशत पूरा भइसकेको आयोजना प्रमुख छविलाल गैरेले बताउनुभयो । ठेकदार कम्पनी सिडब्लुई चाइनाअन्तर्गत २६० चिनियाँसहित ७६० कामदार संलग्न रहेको आयोजनाले जनाएको छ ।

हेलिकप्टर अवतरण शुल्क बुझाउन आग्रह

लाङ्टाङ राष्ट्रिय निकुञ्जको भूभागमा हेलिकप्टर अवतरण गराउने सबै कम्पनीलाई राजश्व बुझाउने समयसीमा निर्धारण भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार निकुञ्जका भूभागमा हेलिकप्टर अवतरण गराएवापत सम्बन्धित कम्पनीले मूअकसमेत प्रतिफ्लाइट रु दुई हजार २६० का दरले हुन आउने रकम यही असार २५ गतेभित्र धुञ्चेस्थित कार्यालयमा बुझाई राजश्व असुलीमा सहयोग गर्न सबै कम्पनीलाई आग्रह गरिएको छ ।

रसुवा–नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका उच्च भाग प्रायः लाङ्टाङ राष्ट्रिय निकुञ्ज पर्ने भएकाले जति पटक निजी वा सरकारी जमीन जहाँ अवतरण गरे पनि पटकैपिच्छे शुल्क लाग्ने निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै लाङ्टाङ क्षेत्रको पुनःनिर्माण गर्ने जिम्मा पाएको अन्तर्राष्ट्रिय गैसस समरिटन्स पर्सले वन पैदावारको राजश्व नबुझाएकाहरुलाई राजश्व असुलीको तरताकेता भइरहेको निकुञ्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी