असार १५ ,काठमाडौँ /
राजधानीको अति व्यस्त व्यवसायिक केन्द्र न्यूरोडमा निर्माणाधीन देशकै पहिलो सम्पदामैत्री व्यापारिक भवन ‘महर्जन कम्प्लेक्स’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महर्जन विजनेस एशोसिएट््स प्रा.लिले आउँदो दशैं तिहारको अवसरमा कम्प्लेक्सको उद््घाटन गर्ने तयारीमा छ । सोही अनुसार निर्माण कार्य सम्पन्न गरी भवनलाई यथाशिघ्र तयार गर्न कम्पनी रातदिन खटिरहेको छ । बसन्तपुरस्थित गद्दी वैठकसँग मिल्दोजुल्दो यस भवनको स्वरुपलाई युनेस्कोले पनि सम्पदामैत्री भन्दै प्रशंसा गरेको छ । यस भवनले न्यूरोड क्षेत्रकै शोभा बढाउने कम्पनीको दावी छ । 
महानगरीय प्रहरी वृत्त, कार्यालय जनसेवाको नाकै मुनि रहेको यस भवनमा सिसिटिभिको समेत व्यवस्था रहेको हुँदा सुरक्षाको दृष्टिले ढुक्क हुनुको साथै व्यवसायी एवम्् ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर अत्याधुनिक सुविधाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । भवनको बीच भागमा खुल्ला स्थान (ख्यष्म) छोडिएको छ । ती खुल्ला स्थानलाई काँचबाट छोपिनेछ । प्रत्येक तल्लाहरुमा नेपालका विभिन्न प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुलाई प्राथमिकताका साथ स्थान दिँदै चित्रहरु कुंदिने जानकारी कम्पनीले दिएको छ ।
‘व्यवसायिक भवनले पनि यस क्षेत्रको सम्पदाको सम्मान गर्नुपर्छ भन्ने हाम्रो मान्यता भएकाले सोही अनुसार हामीले हाम्रो भवनको स्वरुपलाई सम्पदामैत्री बनाएका छौं । स्वरुपलाई सम्पदामैत्री बनाउन कुनै कसर बाँकि राखेका छैनौं’ महर्जन बिजनेस एशोसिएट््स प्रा.लि.का अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो, ‘भवनको स्वरुपदेखि सुविधासम्म बनाउन ध्यान दिँदै ऋभलतचब िब्ऋ, ँचभकज ब्ष्च को निरन्तर क्गउउथि, द्यबअप ग्उ न्भलभचबतयच, ँष्चभ ँष्नजतष्लन क्थकतझ, भ्कअबबितयच, ऋबउकगभि ीषत, ऋयिकभम ीषत आदिको व्यवस्था गरेका छौं ।’
यस भवनभित्र एकसय वर्गफिटदेखि पाँचसय वर्गफिटसम्मका ६० वटा पसल कवलहरु निर्माण भएका छन्् । साथै यस भवनमा करीब एक हजार जनाले रोजगारको अवसर पाउने कम्पनीले जनाएको छ । देशको अर्थतन्त्रमा साथै रोजगारीको सवालमा समेत यस भवनले टेवा पु¥याउने कम्पनीका अध्यक्ष महर्जनले दाबी गर्नुभयो ।
साथै, महर्जनले यस भवनमा ज्वेलरी, रेस्टुरेन्ट, फेन्सीलगायतका विभिन्न पसलहरु रहने जानकारी दिँदै यस भवनलाई ज्वेलरी कम्प्लेक्सको रुपमा विकास गर्न सकिन्छ, भन्नुभयो ।
‘यो भवन सुरक्षा, निर्माण शैली हरेक दृष्टिले ज्वेलरी व्यवसायीहरुको लागि उपयुक्त भएकाले छ ज्वेलरी व्यवसायीहरुले यस भवनमा चासो देखाइरहेकाले भवनलाई ज्वेलरी कम्प्लेक्सको रुपमा विकास हुनसक्छ’ महर्जनले जानकारी दिनुभयो ।
निकट भविष्यमै पसलको बुकिङ खुल्ला गर्ने तयारीमा कम्पनी रहेको छ ।