१५ असार,बझाङ । प्रधानाध्यपकले बच्चा जन्माउने औषधि गरिदिन्छु भन्दै महिलालाई बलात्कार गरेका छन् । बझाङको चिर बित्थड गाउँपालिका– ७ जनकल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक खड्क विष्टले वडा नम्बर १ की लक्ष्मी विष्ट (नाम परिवर्तन) लाई बच्चा जन्माउने औषधि गरिदिन्छु भन्दै जर्वरजस्ती करणी गरेका हुन् । पीडित महिलाले जिल्ला प्रहरी कार्यालय बझाङमा मद्दा दर्ता गरेकी छन् ।
विहे गरेको ६ वर्ष बितिसक्दा पनि नजन्मेपछि लक्ष्मी उपचार गएको लागि गएको थिए । फर्किदै गर्दा प्रधानाध्यापक विष्टले लक्ष्मीलाई आफूले औषधि दिने गरेको बताए । पीडित लक्ष्मीका अनुसार विष्टले आफूले उपचार गरेका धेरै महिलाका सन्तान जन्मेको बताएका थिए ।
“म उपचारका लागि घर जाँदै गर्दा बाटोमा भेट भयो । उनले मलाई सोधे, मैले उपचार जान लागेको बताएँ । म उपचार गरिदिन्छु, त्यसको लागि जंगलमा औषधि पाइने भन्दै मलाई टाढा जंगलतिर लगे” लक्ष्मीले भनिन् । शिक्षक विष्टले लक्ष्मीलाई घरभन्दा आधा घण्टा टाढा जंगलमा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय बझाङले विष्टबारे अनसन्धान भइरहेको बताएको छ ।लक्ष्मीका श्रीमान् रोजगारीको सिलसिलामा जिल्ला बाहिर छन् ।