नेकपाले दल्याे बझाङको मष्टा गाउँपालिकाका अध्यक्षलाई कालोमोसो, यस्ता छन् पाँच कारण

नेकपाले दल्याे बझाङको मष्टा गाउँपालिकाका अध्यक्षलाई कालोमोसो, यस्ता छन् पाँच कारण

  • शुक्रबार, असार १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

१५ असार,धनगढी । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले बझाङकाे मष्टा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर कठायतमाथि कालोमोसो दलेको छ ।

साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई कालोमोसो दलेको हप्ता दिन बित्न नपाउँदै जनपरिषद्का कार्यकर्ताले गाउँपालिका अध्यक्षलाई शुक्रबार कालोमोसो दलेका हुन् ।

मष्टा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर कठायतले विकासे बजेटमा कमिसन खाने, भ्रष्टाचार गर्ने र सेवाग्राहीलाई सेवा नदिएको भन्दै कालोमोसो दलिएको हो ।

त्यसैगरी तत्कालिन एमालेबाट निर्वाचित अध्यक्ष कठायतले रक्सी सेवन गरेर कार्यालयमा आएर सेवाग्राहीलाई धम्काउदै आएको आरोप पनि लाग्दै आएको थियो ।

नेकपाले नेपाल सरकार र दातृ निकायमार्फत गाउँपालिकामा आएको बजेट कमै नगरी भ्रष्टाचार गर्दै आएको, आस्थाका आधारमा कर्मचारीमाथि विभेद गरेको, बजेट पार्टीकरण गरेको र आफ्ना कार्यकर्ताविरुद्ध सुराकी गरेकोले दाबी गरेको छ । उसले पटकपटक सुझाव दिँदापनि नसच्चिएपछि चेतावनी स्वरुप कालोमोसो दलेको बताएको छ ।

यस्ता छन् पाँच आरोप

१. आफूले संचालन गर्ने योजनाका नाममा विभिन्न दातृ निकाय र सरकारमार्फत आएको बजेट कामै नगरी खाएको ।

२.कार्यालय समयमै जाँड रक्सी खाएर अश्लील व्यवहार गरेको ।

३. निर्वाचित भएपछि कार्यतर कर्मचारी र शिक्षकलाई नैतिक आस्थाका आधारमा विभेद गरेको ।

४. गाउँपालिकाको बजेट बितरणमा पार्टीकरण र राजिनीतिकरण गरेको हो ।

५. हाम्रो पार्टीका कार्यकर्ताविरुद्ध सुराकी गरेको ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ