१५ असार,काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो देशको एक इन्च भूभाग पनि नछोड्ने बताएका छन् । चीन भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससँगको भेटवार्तापछि बोल्दै सीले चीन शान्तिप्रति प्रतिबद्ध रहेको तर आफ्नो भूभागको एक इन्च पनि त्याग्न तयार नरहेको बताएका हान् ।
“हाम्रा पुर्खाले छाडेर गएका इलाकाको एक इन्च पनि गुमाउने पक्षमा हामी छैनौँ” राष्ट्रपति सीले भने । उनले भने, “अरूहरूको सम्पत्ति पनि हामीलाई चाहिँदैन ।”
अमेरिकाले चीनका बस्तुमाथि कर बढाएसँगै दुई देशबीच तनाव बढेको छ । यसअघि अमेरिकाले दक्षिण चीन सागरको विषयमा बखेडा झिकिरहेको छ । म्याटिसले राष्ट्रपति सी सँगको भेट सकारात्मक भएको बताए । अमेरिकाले चीनसँगको “सैनिक सम्बन्धलाई एकदमै उच्च दर्जाको महत्व दिएको” उनले भने ।
अमेरिकाले चीनले सागरमा कृत्रिम टापुहरू र विभिन्न संरचना निर्माण गर्ने गरेर आफ्ना छिमेकीहरूलाई धम्काउने गरेको अनि त्यस क्षेत्रलाई सैनिकीकरण गरेको आरोप लगाउँदै आएको छ ।
राष्ट्रपति सीले बरु युद्धको तयार तर आफ्नो भूभाग अरुलाई नछोड्ने बताउँदै आएका छन् ।